११ वैशाख, काठमाडौं ।नेपाली बजारमा सुनकाे मूल्य बढेको छ। बिहीबार सुन प्रतितोला २ सय रुपैयाँ बढेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ। यसअघि बुधबार तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ।











