मुस्ताङबाट २९ वर्षीय युवाको पहिलो संसद् यात्रा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ मंसिर । प्रतिनिधि सभाको निर्वाचनमा मुस्ताङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् ।

पहिलो पटकमै संसद् बन्न सफल योगेश सम्भवतः प्रतिनिधिसभाकै कान्छो सदस्य हुन् । वि.सं. २०५० वैशाख २७ गते जन्मिएका योगेशले नेपालमा पछिल्लो समय राजनीतिप्रति युवाको चासो बढिरहेका बेला सा‌ंसद् बन्न सफल भएका हुन्

मुस्ताङको थासाङ गाउँपालिका चिसापानी निवासी योगेश गौचन राजनीतिसँगै सामाजिक सेवा, कृषि, होटल व्यवसाय र पर्यटन व्यवसायमा समेत सक्रिय छन् ।  युवा सांसद योगेशले भारतको बैंग्लोरस्थित एलाइन्स पुनमर सिटीबाट स्नातक तहको अध्ययन गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्