रुपन्देही–४ को मतगणना सुरु

खबर बुक
  • ख-
  • ख+

बुटवल, ५ मंसिर । रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्बदलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।

यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो ।  यहाँ कुल मतदाता १ लाख १० हजार ६६९ रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्