मुस्ताङमा ३७८ मतले कांग्रेस अगाडि

खबर बुक
  • ख-
  • ख+

कास्की, ५ मंसिर । मुस्ताङमा नेपाली कांग्रेसले ३ सय ७८ मत सहित अग्रता हासिल गरेको छ ।

मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो ।

कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मतले पछयाईरहेका छन ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने हालसम्म गणना भएको मध्य ४० मत बदर भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्