ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता

खबर बुक
  • ख-
  • ख+

ललितपुर, ५ मंसिर । ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।

ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन्  । नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् ।

सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन भने लौरो चिन्हले ८९७ र  कलमले ७७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै,  लतिलपुर–३  मा अमृत खडकाले  ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌. ताेसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छिन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्