सुनको मूल्य निरन्तर उकालो, आज तोलाको एक लाख ८७ हजार कायम

खबर बुक
  • ख-
  • ख+

३ वैशाख, काठमाडौं । सुनको मूल्य तोलाको एक लाख ८७ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

मगंलबार प्रतितोला एक लाख ८४ हजार ३ सयमा कारोबार भएको सुन आज तोलामा २७ सय बढेर एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य तोलाको एक हजार ९ सय ५५ कायम भएको छ। अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्