सिता एयरको जहाजमा हाइड्रोलिक समस्या, लुक्लाबाट सिधै काठमाडौं अवतरण

खबर बुक
  • ख-
  • ख+

 लुक्लाबाट रामेछाप उडेको सिता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइर्भट गरिएको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार जहाजको हाइड्रोलिकमा समस्या आएपछि रामेछाप अवतरण नगरी काठमाडाैंमा बिहान १० बजेर ६ मिनेटमा आकस्मिक अवतरण गरेको हो।

हाइड्रोलिकमा समस्या आएपछि रनवेबाट आफै निस्कन नसक्ने भएकोले जहाजमा भएका यात्रुहरुलाई ओरालेर तानेर त्यहाँबाट निकाल्नुपर्छ। त्यसका लागि केही समय विमानस्थल बन्द गरी हाल रनवेबाट निकालिसकेको र प्राविधिक चेकजाँच गरिरहेको उनले बताए। 

जहाजमा १४ जना यात्रुहरु रहेका थिए। अहिले विमानस्थल पूर्ण रुपमा सुचारु भइसकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्