सप्तरीमा ६२ प्रतिशत मत खस्यो

न्युज कारखना
  • ख-
  • ख+

सप्तरी, ४ मंसिर

आज सम्पन्न मतदानमा जिल्ला निर्वाचन कार्यालय सप्तरीको अनुसार सप्तरी जिल्लामा ६२ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोसीले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा तर्फ ४ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ८ वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा कुल मतदाता ४ लाख १८ हजार ३ सय ७४ रहेको छ । जसमध्ये समग्रमा ६२ प्रतिशत मत खसेको जोसीले जानकारी दिएका छन् ।

त्यसैगरी जिल्ला भरिका मतदान केन्द्रबाट मतपेटिका संकलन भइरहेको छ । मतगणनाका लागि समय तालिका निकाल्न अझै केही समय लागने जोसीको भनाइ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्