मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ४

आगामी पाँच बर्षे कार्यकालका लागि मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको हो ।

दल र उम्मेदवारहरूबीचको विवादका कारण बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी पूर्व, गुल्मी, दोलखालगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका थिए भने निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको थियो । मतदान सम्पन्न भएलगतै मटपेटिका सिल गरि सम्बन्धीत मतगणना स्थलमा लगिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्