महोत्तरीको गौशालाबाट चार जना फर्जी मतदाता पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

महोत्तरी, ४ मंसिर

महोत्तरीको गौशालास्थित एक मतदान केन्द्रबाट चार जना फर्जी मतदाता पक्राउ परेका छन् ।

निगौल मतदान केन्द्रमा अन्य मतदाताको नाममा मतदान गर्न आएका सात जनालाई केहीबेर अगाडी प्रहरीले पक्राउ गरेको जनाएको छ ।

परिचयपत्र विना आएका ती ब्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तीको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए ।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्तीको नाम भने प्रहरीले खुलाएको  छैन । पक्राउ पर्नेहरू सवै गौशालाका स्थानीय युवा हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्