२० चैत, काठमाडौं । मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ। पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा ६ सय घटेको हो।
मंगलबार प्रतितोला एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा ६ सय घटेर एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएरहेको छ।












