१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सयदरका नोट छपाइको लागि बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंक मुद्रा व्यवस्थापन विभागले एक सुचना जारी गर्दै २ करोड ३० लाख थान ५ सय दरको नयाँ नोट छपाइ गर्न बोलपत्र आह्वान गरेको हो।
इच्छुक योग्य नोट छपाइ कम्पनीहरुले १२ मार्च २०२५ सम्म बोलपत्त पेश गर्न सक्नेछन्। बोलपत्र पेश अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (सिंगल स्टेज टु इनभेलोप प्रोसीजर) मार्फत गर्नुपर्ने छ। जसमा प्रविधिगत र वित्तीय प्रस्तावहरूको अलग÷अलग सिलबन्दी गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।
बोलपत्र खरिद गर्न इच्छुकले राष्ट्र बैंक, मुद्रा प्रबन्ध विभाग थापाथली वा बबरमहलस्थित शाखाबाट आवेदन दिनुपर्नेछ। प्रक्रियामा ब्ल्याकलिस्टमा परेका वा कानुनी रुपमा अयोग्य ठहरिएका कम्पनी सहभागी हुन नपाउने प्रावधान गरिएको छ।












