सुनमा किर्तीमानी मूल्य कायम, कतिमा हुँदै छ कारोबार?

खबर बुक
  • ख-
  • ख+

१७ चैत, काठमाडौं ।  निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

शुक्रबार प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा  ६०० ले बढेर एक लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर दुई हजार २५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्