मत हालेपछि बाबुरामले भने- भष्मासुरू प्रवृतिको अन्त्य होस्

खबर बुक
  • ख-
  • ख+

गोरखा, ४ मंसिर । पूर्वप्रधानमन्त्री डा‍ बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् ।

उनले गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन् । उनले यस मतदानबाट भष्मासुर प्रवृत्तिको अन्त्य होस् भनेर कामना गरेका छन् ।

‘राम्रा उम्मेदवारहरूले जितून्, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस्, सुशासन र समतामूलक समृद्धिको नयॉ युग सुरू होस्,’ मतदानपछि उनले भनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्