भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्र सम्बोधन गर्ने

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, १५ चैत । समाजवादी मोर्चाले काठमाडौँको भृकुटी मण्डपमा आयोजना गरेको विरोधसभालाई चार दलका चार जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादले ले भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्ने ती पार्टीका नेताहरूले बताएका छन् । 

चार दलका शीर्ष नेताहरुले मात्र सभालाई सम्बोधन गर्ने भएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सभामा उपस्थित नहुने भएका छन् । 

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने वक्ता धेरै राख्दा कार्यक्रम लामो हुने भएकाले छोट्याउन वक्ता थोरै राखिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्