काठमाडौंसहित तराईका जिल्लामा आजैबाट मतगणना : निर्वाचन आयोग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका  लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रम्ुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले काठमाडौंसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हु्ने जानकारी दिएका हुन् ।

हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सृुरु हुने जानकारी दिएका उनले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्