
काठमाडौ, चैत्र १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक प्रतिपक्षीको भूमिका रचनात्मक नभएको बताएका छन ।
मंगलबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्षीको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । प्रतिपक्षीको भूमिका सरकारलाई बदनाम गर्ने र झुटलाई फैलाउनमा केन्द्रीत र सक्रिय रहेको उनले बताएका छन ।
देशी–विदेशी तत्व सरकारलाई बद्नाम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेको उनले बताए । उनले देशको बिकासका लागि लिएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यान केन्द्रीत भएको उल्लेख गरे । ४६ सालको परिवर्तन पछि तीव्र बिकासको बाटोमा अघि बढ्को भन्दै प्रधानमन्त्री ओलीले आफु सरकारमा रहदा उल्लेखीय रुपमा बिकासका काम भएको दावी गरे ।
त्यस्तै प्रधानमन्त्री ओलीले देशको बिकासमा इन्जिनियर्सको भूमिका महत्वपूर्ण रहेको बताएका छन ।