दैनिक २ सय लिटर दूध बच्ने लेखनाथले पाए साढे एक लाख पुरस्कार 

खबर बुक
  • ख-
  • ख+

१२ चैत, काठमाडौं । तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन्। उनले प्रोत्साहन स्वरुप एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन्। 

गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए। पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका छन्।

उनले कोभिड १९ का बेला लामो समयसम्म लकडाउन भएपछि गाउँ फर्किएर पशुपालन सुरु गरेका थिए। उनका फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन्। जसमध्ये १५ लैना गाईबाट दैनिक दुई सय लिटर दूध उत्पादन गरी मासिक चार लाखको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताए।  

गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक दुई लाख बचत हुने गरेको उनको भनाइ छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्