मतदान शान्तिपूर्ण नै भइरहेको छः गृहमन्त्री खाँण

खबर बुक
  • ख-
  • ख+

रुपन्देही, ४ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन्।

गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाँडले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् ।

‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’

रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाँणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्