झापाको बालनिकुञ्ज माविको ‘घ’ केन्द्रमा मतदान रोकियो

खबर बुक
  • ख-
  • ख+

झापा, ४ मंसिर । झापाको शिवसताक्षी नगरपालिका– १० स्थित बालनिकुञ्ज माध्यामिक विद्यालयमा रहेको मतदान स्थलअन्तर्गतको ‘घ’ केन्द्रमा मतदान स्थगित भएको छ ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको मतपेटिकामा एक मतदाताले प्रदेश सभाको मतपत्र खसालेपछि मतदान रोकिएको हो ।  सर्वदलीय बैठक बसेर सहमति गरेपछि मात्र त्यहाँ मतदान अगाडि बढाइने प्रम्ख नेपालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्