सही दिशा प्राप्त गर्न दूरदर्शी नेतृत्व चाहिन्छ : एमाले महासचिव पोखरेल

खबर बुक
  • ख-
  • ख+

बुटवल, ४ मंसिर । एमाले महासचिव शंकर पोखरेलले दाङको तुलसीपुरबाट मतदान गरेका छन् । उनले जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।  बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको उनले बताए ।

पोखरेलले राजनीतिक दलबीचको सहकार्य विकास र समृद्धि आवश्यक रहेको पनि बताए । सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व चाहिने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्