स्वास्थ्य बिमा बन्द गर्न लागेको भन्ने हल्ला हाे : मन्त्री पौडेल

खबर बुक
  • ख-
  • ख+

दाङ , चैत्र १० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा बन्द गर्न लागेको भन्ने हल्ला  सत्यता नभएको बताएका छन्। 

शनिबार दाङको शान्तिनगरमा प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ (२) मा आयोजित कार्यक्रममा बोल्दै उनले केही दिन अगाडि एउटा कार्यक्रममा बोलेको केही भिडिओ क्लिप सामाजिक सञ्जालमा राखेर आफूलाई स्वास्थ्य बिमा बन्द गराउन लागेको भन्दै सार्वजनिक भएको भनाइ सत्यता नभएको बताए।

उनले संस्थागत भएको बिमाले मात्र नेपालमा समाजवाद ल्याउन सक्ने बताए। बिमा सेवाले नै आर्थिक रुपमा विपन्न भएका नागरिकहरूलाई उपचार सेवा उपलब्ध गराउन हुँदा स्वास्थ्य बिमा बन्द गराउन लागेको कुरा सत्यता नभएको   समेत उनले बताए। उनका अनुसार गएको वर्षको  बजेटमा  बिमाको लागि छुट्टाएको बजेट साढे ७ अर्ब थियो।
 जुन मितिमा बिमाको लागि रकम छुट्टायो, त्यो मितिमा सरकारले बिमाको रकम तिर्नुपर्ने १६ अर्ब थियो। यो तरिकाले स्वास्थ्य बिमामा गर्न नसकिने भन्न खोज्दा बाहिर गलत प्रचार भएको समेत उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्