चैतमा हिमपात र वर्षा: म्याग्दीका किसानलाई राहत

खबर बुक
  • ख-
  • ख+

 १० चैत, काठमाडौं । म्याग्दीमा हिमपात र हिउँदे वर्षा भएको छ। लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ। वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेतीलाई असर परेको थियो।

हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो। वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगङ्गा गाउँपालिका–३ का नरबहादुर भण्डारीले बताए। उनका अनुसार लामो समयपछि शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले किसानलाई राहत मिलेको हो।

यो वर्ष म्याग्दीको उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। जिल्लाको गुर्जा, कुइनेमङ्गले, मल्कबाङलगायत उच्च पहाडी क्षेत्रमा साँझदेखि  हिमपात हुन थालेको छ। हिउँदयाम सुक्खा हुँदा खेतीबालीसँगै घाँसपात सुकेको अवस्थामा वर्षासँगै भएको हिमपातले राहत मिलेको धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले जानकारी दिए।

पुनहिल, घोडेपानी, खोप्रालेक, खयरलेक, मोहरेडाँडालगायत पर्यटकीयस्थलमा हिमपात भएको छ। हिउँ खेल्न आन्तरिक पर्यटकको चहलपहल भने बढेको पर्यटन व्यवसायीले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्