काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नंवर १ का गठबन्धन उम्मेदवार प्रकाशमान सिंहले आफ्नो पक्षमा जनमत आउने दावी गर्नुभएको छ ।
काठमाडौंको पकनाजोलस्थीत मतदान केन्द्रमा मतदान गर्दै नेता सिंहले चूनावी प्रचारप्रसारका क्रममा जनताले दिएको साथले आफु चूनाव जित्नेमा ढूक्क रहेको बताउनुभयो । उहाले यसअघिको संविधान सभाबाट संविधान निर्माण र पहिलो प्रतिनिधिसभा संविधानलाई रक्षा गर्नमा नै बितेकाले अवको प्रतिनिधिसभाबाट संविधान कार्यान्वयका साथै मुलुकको बिकास र समृद्धिमा ध्यान केन्द्रति गर्ने धारणा राख्नुभयो ।
नेपालको राष्ट्रिय राजनीतिलाई स्थीरता दिनका लागि पनि म्यान्डेड मागेको उहाको भनाई छ ।











