नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

सिराहा, ९ चैत । सिरहामा एकजना लागुऔषधसहित पक्राउ परेका छन् ।

लहान नगरपालिका–१ लोकतन्त्र चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९८ एम्पुल, प्रोमेथाजाइन १ सय ९८ एम्पुल र बुप्रेनोर्फिन १ सय ९८ एम्पुल सहित सोही नगरपालिका(६ कुम्हाल टोल बस्ने ५२ वर्षीय जुक्ती लाल पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्