जुवातास खेलिरहेको अवस्थामा टोखावाट १९ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ चैत । टोखावाट १९ जना जुवाडे पक्राउ परेका छन् ।

टोखा नगरपालिका–३ सूर्यदर्शन हाईट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका–२ घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, टोखा नगरपालिका–८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा थप ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ३ बुकतास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्