कांग्रेस नेता पौडेलले गरे मतदान, प्रकाश मान सिह ले बिहान ८ बजे गर्ने

खबर बुक
  • ख-
  • ख+

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहानैबाट मतदान सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

यसैगरि दलका उम्मेदवारहरु आफ्नो मताधिकार प्रयोग गर्न आ आफ्नो मतदाता नामावली भएकोे जिल्ला पुगेका छन् । केहि नेताहरुले मतदान गरिसकेका छन् । जस्मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् । रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

यस्तै नेपाली काग्रेस का नेता तथा काठमान्डौ क्षेत्र नं एक का उमेदवार प्रकाश मान सिह ले अहिले बिहान ८ बजे नेपाल युवक मा बि पक्नाज्वल मा मतदान गर्नु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्