आजदेखि १० दिने बिदामा गभर्नर अधिकारी, नयाँ सिफारिस कहिले?

खबर बुक
  • ख-
  • ख+

५ फागुन, काठमाडौं । आगामी चैत २४ देखि अनिवार्य अवकाशमा जाँदै गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिने अनिवार्य बिदा बस्दै छन्। 

अर्थ मन्त्रालयको सल्लाहकार राष्ट्र बैंकमा नयाँ गभर्नर सिफारिस गर्न समिति गठन हुने आकलन गरिए पनि सोमबार राती अबरेको मन्त्रिपरिषद् बैठकले यसबारे कुनै निर्णय गरेन।

गभर्नर रिक्त हुनु एक महिनाअगावै नियुक्ति गर्नुपर्ने राष्ट्र बैंक ऐनमा उल्लेख भए पनि सरकारले अहिलेसम्म सिफारिस समितिसमेत गठन गरेको छैन।

यसअघिको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्त गर्न सिफारिस समिति गठनका विषयमा छलफल भए पनि औपचारिक निर्णय अहिलेसम्म बाहिर आएको छ।

यद्यपि सत्तारुढ कांग्रेस–एमालेबीच गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र विज्ञ सदस्यमा विश्व पौडेललाई सदस्य राख्ने अनौपचारिक सहमति भइसकेको बताइन्छ। सिफारिस समितिमा अर्थमन्त्री पदेन संयोजक हुने प्रचलन छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्