काठमाडौं, मंसिर १
मंसिर ४ गते हुने संघीय सांसद तथा प्रदेश सांसद्को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार श्री प्रकाशमान सिंह लगायतका उम्मेदवारलाई विजयी गराउन अपिल गरिएको छ ।
नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदान पश्चात जारी भएको नेपालको संविधानको रक्षा तथा गणतन्त्रको संस्थागत विकासका निम्ति महत्वपूर्ण भएकोले लोकतान्त्रिक वाम गठबन्धन समर्थित नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार प्रकाशमान सिंह लगायतका उम्मेदवारलाई मत दिई विजयी गराउन प्राज्ञिक, बौद्धिक तथा पूर्व राष्ट्रसेवक
प्रचार प्रसार समितिले अपिल गरेको छ