रहर गरिहाल्यो भनेर भोट नहाल्नुसः प्रकाशमान सिंह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुनै व्यक्तिले रहर गर्दैमा मतदान नगर्न मतदातासँग अनुरोध गरेका छन् । उपत्यकाको बानेश्वरमा काभ्रेबाट काठमाडौं १ मा बसोबास गरेका मतदाता र उम्मेद्वारसँगको अन्र्तकृया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं १ का मतदाता विवेकी रहेको भन्दै उम्मेद्वार र पार्टीको ईतिहास र योगदानको मूल्यांकन गरेर मात्र मततदान गर्न आग्रह गरे ।

‘अहिले धेरै प्रकारका उम्मेद्वारहरु मैदानमा हुनुहुन्छ । कसैले रहर गरिहाल्यो भनेर भोट हाल्नुभयो पछि पछुताउने अबस्था आउन सक्छ । विवेकका आधारमा राम्रो मान्छेलाई जिताएर पठाउनुस । उम्मेद्वारहरुको क्यारेक्टर पनि बुझिदिनुस,’सिंहको भनाई थियो ।

त्यस्तै उनले संविधान निर्माण काग्रेसकै नेतृत्वमा सम्पन्न भएको स्मरण गर्दै कार्यान्वयनको लागि कांग्रेस र सत्ता गठबन्धनलाई म्यान्डेट दिन आग्रह गरे । ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भयो तर, कार्यान्वयनका लागि अघिल्लो निर्वाचनमा कांग्रेसले म्यान्डेट पाएन् । म्यान्डेट पाएकाले संबिधान कार्यान्वयन गर्ने भन्दा पनि मास्ने गतिबिधि गरे । संविधान ट्रयाकमा आएपछि स्थायित्व र आर्थिक विकासको बाटो खुल्छ । यो निर्वाचनमा हामीलाई म्यान्डेट दिनुुस् । कार्यक्रममा बोल्दै उनले आफू निर्वाचित भएपछि यस क्षेत्रमा युवा र रोजगार लक्षित शिक्षालाई सिपसँग जोड्ने लगायतका योजनालाई मुर्त रुप दिने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्