प्रधानमन्त्रीले संसद्को अपमान गरेको प्रभु शाहको टिप्पणी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ४ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरेको टिप्पणी गर्नुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै साहले आफुले चार दिन अघि नै दर्ता गरेको प्रश्नको उत्तर नदिएर प्रधानमन्त्री भागेको भन्दै प्रधानमन्त्रीले संसद्को अपमान गरेको र प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उठाएको टिप्पणी गर्नुभएको हो ।

प्रधानमन्त्रीले आफ्नो प्रश्नमाथि गरेको टिप्पणीको नियमापत्ति गर्न खोज्दा सभामुखले बोल्नबाट रोकेको भन्दै उहाले आपत्ती जनाउनुभयो ।

त्यस्तै उहाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य सकिएको तर्क गर्नुभयो । प्रधानमन्त्रीमा देश चलाउछु भन्ने मानसिकता नरहेको उहाले बताउनुभयो ।

यता संसद भवनबाट बाहिरने क्रममा प्रधानमन्त्री केपी ओलीले सांसदको प्रश्नको जवाफ किन नदिनुभएको भन्ने संचारकर्मीको प्रश्नको कुनै प्रतिक्रिया नदिइ हिड्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्