गुठी पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनीव्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनीव्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले गुठी संस्थानको समन्वयमा गुठी पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनीव्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको हो ।

स्वर्गद्वारी गुठी पीडितको समस्या सम्बन्धी बिषय तथा कार्यप्रगति समितिलाई जानकारी गराउन निर्देशन दिइएको समिति सभापति कुसुमदेवी थापाले जानकारी दिनुभयो ।

बैठकमा गुठि संस्थाका अध्यक्ष डा शिवराज पण्डितले गुठी जग्गाको बिषयमा धेरै ने समस्या देखिएको भन्दै समाधानका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो । गुठी जग्गा निजी नहुने सर्वोच्चको निर्णय र गुठी जग्गामा मोही रहने व्यवस्था बाझिएकाले त्यसमा दुबै पक्षलाई नै सम्बोधन गर्ने गरि संस्थानले काम गर्ने उहाले बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले स्वर्गद्वारी गुठी पीडितको समस्या बुझ्दै समाधान गर्नुपर्नेमा जोड दिएका थिए । बैठकले स्वर्गद्वारी गुठी किसानहरुका समस्या बारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गरेको हो । काठमाडौं, फागुन २ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्