सवै अध्यादेश पारित हुनेछन्: महासचिव पोखरेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको ल्याएका सबै अध्यादेशहरू पारित हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार काठमाडौंमा नेकपा एमाले विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा उनले अध्यादेशको विरोध भए पनि सबै प्रयास सफल हुने दाबी गरे।

महासचिव पोखरेलले भने, अध्यक्षद्वारा प्रस्तुत अध्यादेशलाई अघि बढाउनका लागि अनेक विकल्पहरू छन्, जसरी भए पनि राज्यको कानूनी प्रक्रिया पूरा गरिनेछ। उनले अध्यादेशमार्फत सबै क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरिएको र यसका लागि आवश्यक नियमावली पनि बनाइने बताए।

त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग र उद्यमशीलता क्षेत्रलाई सूचना प्रविधिको माध्यमबाट प्रोत्साहन गर्नका लागि नयाँ नीति ल्याउने जानकारी दिएका छन्। उनले प्रविधिलाई आत्मसाथ नगरे विकास सम्भव नहुने भन्दै सन् २०२६ सम्म नेपाललाई विकासशील राष्ट्रको सूचीमा राख्ने लक्ष्य राखेका छन्।

मन्त्री भण्डारीले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउने आवश्यकता रहेको पनि बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्