
काठमाडौं, माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्ने बेला नभएको बताउनुभएको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले अध्यादेश सम्बन्धमा सोधिएको प्रश्नबारे उहाले अध्यादेशलाई मत बिभाजनमा लैजाने बेला नभएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आई नसकेको उल्लेख गर्नुभयो । उहाले अध्यादेश इफेक्टीभ रहेको पनि बताउनुभयो ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।