
२६ माघ, काठमाडौं ।मुख्य प्रशासनिक अड्डा सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ः३५ बजे आगलागी भएको हो। उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए। उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ।
आगलागीको कारण भने खुलेको छ। तीन वटा कोठामा लागेको आगलागीको क्षति विवरणसमेत आइसकेको छैन। यसबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।