सदस्यसचिव घिसिङलाई स्पष्टीकरण

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३० कात्तिक।।निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

माओवादी केन्द्रको प्रचारप्रसारमा रामेछाप पुगेपछि उनलाई आषेगले पत्र काटेको हो ।

निर्वाचन आचारसंहिता अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।
दलको प्रचारप्रसार गरेको ठहर भएमा आयोगले कारबाही गर्ने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्