यस्तो छ आजको विनिमय दर

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३० कात्तिक।।नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ०६ पैसा तोकिएको छ ।

मंलबारको तुलनामा विदेशी मुद्राहरुको खरीद बिक्रीमा सामान्य फेरबदल भएको छ ।  युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ यस्तै सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा रहेको छ ।

जापानी येनमा १० को खरिदमा ९  रुपैयाँ ३० पैसा र बिक्रीमा ९ रुपैयाँ ३५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४१  पैसा र बिक्रीदर ३५ रुपैइाँ ५७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्