गठबन्धन निरन्तर रहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने छ : प्रधानमन्त्री देउवा

न्युज कारखना
  • ख-
  • ख+

सुर्खेत, २९ कार्तिक

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धनले पाउनुपर्ने बताएका छन् । संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको बताउँदै उनले गठबन्धन दीर्घकालसम्म रहने बताए ।

सुर्खेतको मेहलकुनामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र तीव्र आर्थिक विकासमा केन्द्रित हुने बताए ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डवको गठबन्धन भएको बताएका छन् । उनले पाँच ‘पाण्डव’विरुद्ध ‘कौरव’हरूको समूह देखा परेकाले एकढिक्का भएर अगाडि बढ्न सुझाव दिए । उनले गठबन्धनले संविधानको रक्षा गर्दै कोरोना नियन्त्रण, संविधानको मर्म र भावनाअनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सफल भएको बताए ।

दाहालले निर्वाचनमार्फत अहिलेको गठबन्धनलाई अझै बलियो बनाउँदै लगिने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्