वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ घुससहित पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

न्युज कारखाना

काठमाडौं, २९ कार्तिक

वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ पर‍ेका छन् ।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको  थप ३२ हजार ५५ सहित नियन्त्रणमा लिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्