गण्डकीका भाैतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

खबर बुक
  • ख-
  • ख+

पाेखरा, २९ कात्तिक । गण्डकी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् ।

खड्काकाे जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पाेखरेलले मन्त्रिपरिषद  पुनर्गठन गरेकाे निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएका छन् । खड्काले आसन्न निर्वाचनमा पार्टीकाे आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेकाे आराेप छ ।

दुई  साताअघि पनि गठबन्धन दलकै मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएकाे थियाे । अब गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्