मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्लामा

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, २९ कात्तिक।  ४ म‌ंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामग्री  ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ ।

उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो ।

हिमपातले न्यालु लेख  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त  निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

लिमीका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई १७ बाट कर्मचारी र  निर्वाचन सामग्री लिमी जाने निमित्त निर्वाचन अधिकारी रानाले बताए ।

file photo

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्