छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ कात्तिक । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोट मोड नजिक बागमती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करको पछाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारी छन् । उनको सोमबार राती मृत्यु भउको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई सोही असपताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ । दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङको थाक्रे गाउँपालिका–५ तामेस्थित सडकमा बा.२१ च ७४६१ नम्बरको डि.आई गाडी सोमबार दुर्घटना हुँदा गाडीमा सवार मकवानपुर थाहा नगरपालिका–१२ बस्ने ५० वर्षीय पलमान स्याङ्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्