रोल्पाको जिल्ला स्तरीय चुनावी सभामा देउवा र प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका हुने ।
विगतमा द्वन्द्वको किल्ला रहेको रोल्पा अब शान्तिको किल्ला बन्दै गएको कुरालाई आश्वस्त पार्न देउवा र प्रचण्ड होलेरी आउन लागेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वर्षमान पुनले वताए ।दश वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा माओवादीले होलेरी चौकी २ पटक आक्रमण गरेको थियो ।
होलेरी चौकी आक्रमण हुँदा देउवा गृहमन्त्री थिए भने दाहाल तत्कालीन विद्रोही माओवादीको महामन्त्री थिए । उक्त आक्रमण माओवादी नेता वर्षमान पुनको नेतृत्वमा भएको थियो ।