चितुवाको छालासहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

धनगढी । कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएको छाला ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइको छ। चौधरीमाथि वन्यजन्तु अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्