मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले काठमाडौंको माइतिघरदेखि बालुवाटारसंग मार्चपास

खबर बुक
  • ख-
  • ख+

मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले काठमाडौंको माइतिघरदेखि बालुवाटारसंग मार्चपास गरेका छन् ।

काठमाडौंमा सडक संघर्ष थालेको एक महिना पुग्न लागेको सन्दर्भमा समितिले बिहीबार मार्चपास गरेका हो । सो क्रममा उनीहरुले दोषी मिटरब्याजी साहुहरुलाई धरौटीमा छुट्न नदिन सरकारसँग माग गरेका छन् ।

साथै उनीहरुले ऋणभन्दा बढी रकम तिरिसकेका पीडितहरुलाई ऋणमुक्त घोषणा गर्न पनि माग गरेका छन् ।आन्दोलनलाई बृहत् नागरिक आन्दोलनको तर्फबाट बिभिन्न व्यक्तिहरुले समेत साथ दिएका छन् । प्रदर्शनका क्रममा उनीहरुले बन्धक खारेज गर, छिनुवा पास फिर्ता गर, जाली तमसुक मान्दैनौँ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्