एमालेले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै कांग्रेसद्धारा कारवाहीको माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगसंग माग गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले खुलेआम प्रलोभन दिने, एनजिओको व्यपाक दुरुपयोग गर्ने जस्ता आचारसंहिता बिपरितको काम एमालेले गरेको भन्दै कारवाही गर्न माग गर्नुभयो ।

गठबन्धनका साना कमजोरीलाई देख्ने आयोगले एमालेको आचारसंहिता बिपरितको कामलाई देख्न नसकेको उहाको भनाइ छ । प्रवक्ता महले कांग्रेसले संयमताका साथ आचारसंहितालाई पालना गरिरहेको दावी गर्नुभयो ।

उहाले महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने जिकिर गर्नुभयो । अहिलेको निर्वाचनमा १ सय ६५ सिटमा ९१ सिट कांग्रेसले र ७४ सिट गठबन्धनका अन्य दलले लडेकाले स्वभाविक नेतृत्व कांग्रेसको रहेको उहाको भनाइ छ ।

उहाले निर्वाचनपछिको प्रधानमन्त्रीमा कांग्रेसका तर्फबाट शेर बहादुर देउवा हुने स्वभाविक रहेको भन्दै अन्यले प्रधानमन्त्रीको दावी गर्नु प्रचार मात्रै भएको धारणा राख्नुभयो ।

प्रवक्ता महतले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समानुपातिक मत महत्वपूर्ण भएकाले सवै क्षेत्रमा कुनै दुविधा नगरी रुख चिन्हमा मतदान गर्न आह्वान समेत गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्