एमाले नेतृत्वमा आएपछि मुलुक सहि दिशा र गन्तव्यमा- इश्वर पोखरेल

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुराउन सकिने बताउनुभएको छ ।

सोमबारका काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले मुलुकको राष्ट्रियता र बिकास तथा समृद्धिका लागि एमालेले काम गरेको भन्दै अव एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुराउन सक्ने बताउनुभएको हो ।

उहाले अहिले सिद्धान्तहिन, उदेश्य बिहीन र गन्तव्य बिहिन गठबन्धन एकातिर र मुलुकको राष्ट्रियताको रक्षा गर्ने एमाले अर्कोतिर रहेकाले एमालेले नेतृत्व गरेको राजनीतिक ध्रुवको वरिपरि गोलबन्द हुनुपर्ने बेला आएको जिकिर गर्नुभयो । पोखरेलले अव नेकपा एमालेको बिकल्प अरु राजनीतिक शक्तिहरु हुन नसक्ने बताउनुभयो ।

त्यस्तै पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुको राजनीतिक र सांगठानिक जीवनको सुनिश्चितता एमालेले गर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्