दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , भदाै १७ । दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न् ।

सोमबार बिहान सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफुले बोर्डमा नयाँ ढंगले काम गर्ने बताएका छन् ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागिआवेदन दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्