अभिनेत्री रेखा थापाले छोरीलाई जन्मदिन्

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ फागुन । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छन् । 


सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् । अमेरिकामा छोरीलाई जन्मदिएकी उनले नवजात छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् ।‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छन्


उनले अमेरिकास्थित कोलोराडोकाे एक अस्पतालमा शुक्रबार पहिलाे सन्तानकाे रूपमा छाेरीलाई जन्म दिएकी हुन्।  

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्