मौसममा सुधार आएपछि लुक्लामा उडान सुरु

खबर बुक
  • ख-
  • ख+

सोलुखुम्बु, २७ असोज । खराब मौसमको कारण रोकिएको सोलुखुम्बुको लुक्ला विमानस्थलको उडान आजदेखि सुरु भएको छ ।

मौसममा सुधार आएसँगै सीता एयरले काठमाडौँ–लुक्ला र समिट एयर र तारा एयरले रामेछापको मन्थली–लुक्ला उडान सुरु गरेको हो ।

एक सातादेखि उडान अवरुद्ध हुँदा मन्थलीमा करिब तीन सयभन्दा बढी पर्यटक अलपत्र परेको माउन्टेन गाइड गेल्जे शेर्पाले जानकारी दिनुभयो ।

आज बिहानैदेखि समिट एयर र तारा एयरले पर्यटकलाई लुक्ला उडान थालेको उहाँले बताउनुभयो । मुख्य सिजनमा लुक्ला विमानस्थलमा दैनिक २५ वटाभन्दा बढी उडान हुने गर्दछ ।

आज तारा, समिट र सीता एयरले करिब २० वटाभन्दा बढी उडान गर्ने तयारी रहेको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्